धनकुटा । पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका–५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले तामाङको परिवारलाई १ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेको हो ।
एमाले नेताहरूले तामाङको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग रकम प्रदान गरेका छन् । एमाले केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज राजेन्द्र राईले नगद हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै नेता राईले जनताको सुखदुःखमा एमाले सधैं साथमा रहने धारणा राखे ।
अविरल वर्षाका कारण गत असोज १२ गते घर माथिबाट खसेको पहिरोले पुर्दा सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया लक्ष्मीशोभा राईको मृत्यु भएको थियो ।
घरसहित परिवारका सदस्य गुमाएर अफ्ठेरोमा परेका बेला सहयोग पु¥याउन पार्टीको तर्फबाट रकम प्रदान गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved