अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको हालै सम्पन्न चुनावमा तास्मानिया राज्यबाट महिला संयोजक पदमा विराटनगरकी सृजा पोखरेल निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाली समुदायको प्रतिनिधित्व गर्दै सो पदमा पुग्ने उनी पहिलो महिला हुन् ।
सृजा पोखरेल विराटनगर–२ निवासी शिव पोखरेलकी छोरी हुन् । पोखरेल सेवा निवृत प्रहरी अधिकृत हुन् ।
६ बर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी सृजा त्यहाँ रहेका नेपाली परिवारका बालबालिकालाई नेपाली भाषा, संस्कृति, स्वास्थ्य शिक्षाको प्रशिक्षणमा संलग्न हुनुका साथै नेपाली समुदायको हितमा काम गर्दै आएकी छन् ।
सक्रिय सामाजिक योगदान र समुदायप्रति उत्तरदायित्वका साथ लामो समयदेखि काम गर्दै आएकी सृजाले तास्मानियास्थित नेपाली महिलाहरूको आवाज बुलन्द गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
निर्विरोध निर्वाचित हुनु आफैंमा समुदायको विश्वास र समर्थनको स्पष्ट संकेत हो’ उनले भनिन् ।
आफ्नो नेतृत्वमा महिला सशक्तिकरण, आपसी एकता र नेपाली संस्कृति संरक्षणमा अझ सुदृढ बनाउने अपेक्षा गरेको छु ।
निर्वाचन पश्चात् प्रतिक्रिया दिंदै सृजाले भनिन्, यो जिम्मेवारी पाउनु मेरो लागि गर्वको कुरा हो, सबैको साथ र विश्वासले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको छ ।
View : 446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved