Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

गीतजगलका नाममा विराटनगरमा यौन व्यवसाय, किशोरी बन्धक बनाउने दुईजना पक्राउ

उद्‌घोष संवाददाता
२४ पुष २०८२, बिहिवार

विराटनगर । मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–११ रोडशेषस्थित भिन्तुना गीतगजलका सञ्चालक विराटनगर–१२ घर भएका ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने विराटनगर–८ घर भएका २६ वर्षीय मनिष ठाकुर छन् । 

उनीहरूले सो गजलमा काम गर्ने एक १६ वर्षीया बालिकालाई भारतीय नागरिहरूसँग यौन क्रियाकलाप गर्न लगाई शारीरिक यातनासमेत दिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले बालिककाको उद्धारसमेत गरेको छ । 

उनीहरूलाई मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

View : 207

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved