विराट ट्रेड एक्स्पो :
विराटनगर । उद्योगधन्दा, कलकारखाना लगायतका ठूल्ठुला व्यावसायिक प्रतिष्ठानमा हुने विद्युतीय गडबडी र त्यसबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि एनजी इलेक्ट्रोपावर विराट ट्रेड एक्स्पोमार्फत सचेतना फैलाउँदै आएको छ ।
एनजी इलेक्ट्रोपावरले निर्माण गरेको विद्युत कन्ट्रोल प्यानल, आउटडोर फिड र पिलरका माध्यमबाट त्यस्ता गडबडी र जोखिम न्यूनीकरणमा पुग्ने सहयोगबारे कम्पनीले जानकारी दिंदै आएको छ ।
कम्पनीले धेरै विद्युत खपत हुने जस्तोसुकै ठूलो उद्योग कलकारखानादेखि होटल र हस्पिटलमा यस्ता उपकरणको प्रयोग अति आवश्यक रहेको जनाएको छ । एनजी इलेक्ट्रोपावर प्रालिका सेल्स इन्जिनियर तपेन्द्र बिष्टले एक्स्पोका माध्यमबाट विद्युतीय सुरक्षाबारे जानकारी गराउँदै आएको बताए ।
उनले नयाँ उद्योग, व्यापार सु रू गरेका उद्यमीहरू निकै रूचीपूर्ण रूपमा कम्पनीका उत्पादनबारे चासो व्यक्त गरेको बताए ।
‘एक्स्पोट अवलोकन गर्ने उद्योगी व्यवसायीले आफ्नो स्टलमा आएर उत्पादनबारे चासो राख्दै आउनु भएको छ’ बिष्टले भने, ‘हामीले नयाँ उद्योगको आवश्यकता अनुसारसमेत यस्ता उपकरण डिजाइन गरेर जडान गर्ने भएकोले सवैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ ।’
एनजी इलेक्ट्रोपावरबाट उत्पादित पावर कन्ट्रोल उपकरणहरू केन्द्रीय अनुसन्धान संस्थानबाट सीपीआरई प्रमाणपत्रबाट मान्यताप्राप्त भएकोले ढुक्कले प्रयोग गर्न सक्ने जानकारी दिए ।
एक्स्पोमा स्टल नम्बर १११ मा एनजी इलेक्ट्रोपावरको स्टल रहेको छ । मोरङकै कटहरी गाउँपालिका–१ मा एनजी इलेक्ट्रोपावर प्रालि स्थापित रहेको छ ।
View : 867
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved