सम्मानित व्यक्तित्वहरुका साथ मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई र काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा मीनाक्षी नेपाल । तस्वीर: उद्घोष
विराटनगर । काली मन्दिर व्यवस्थापन समिति विराटनगरले अग्रज तीन व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विष्णुप्रसाद कोइराला, पदमप्रसाद गौतम र रामप्रसाद खतिवडा छन् ।
काली मन्दिर तथा काली प्रीतय धर्मशाला नवनिर्माणमा महत्वपूर्ण सहयोग गरेवापत उनीहरुलाई सम्मानित गरिएको हो ।
शुक्रबार मन्दिर परिसरमा आयोजित कार्यक्रममा मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई तथा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा मीनाक्षी नेपालले उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको हो ।
सो अवसरमा काली मन्दिरको व्यवस्थापनमा सहयोग पुर्याउने १५० स्वयम्सेवीलाई समेत सम्मान गरिएको थियो ।
साथै विराटनगर ६ का दुई सय बढी विपन्न महिलालाई साडी वितरण गरिएको अध्यक्ष डा नेपालले बताइन् ।
वडाध्यक्ष हरिशचन्द्र सहनीको संयोजनमा साडी वितरण गरिएको जनाइएको छ ।
View : 318
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved