Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेलले ल्यायो फेसबुक बेसिकमोड र डिस्कभर

उद्‌घोष सम्वाददाता
२७ असार २०८१, बिहिवार

विराटनगर । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । यसलाई सम्भव बनाउँदै एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक मार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपझोक्ताहरू त्रयशक्तिका कारणले गर्दा कहिलेकाहीँमात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् ।

यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्टहरु फेसबुक बेसिकमोड र डिस्कभर सञ्चालनमा ल्याएको छ । विशेष गरी टुजी मोबाइलसेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक हुने बताइएको छ ।

डिस्कभरले टेक्स्टमात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिकमोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा पाउँछन् ।

यी दुवै प्रोडक्टहरूमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागु हुनेछ । ‘यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्‍याउँछ ।

हाम्रो सधैँ अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरूका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रहिरहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौं’ एनसेलका प्रमुख बजार अधिकृत उमेर मोहसिन भने, ‘यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ ।’

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved