विराटनगर । जिल्ला अधिवेशन गर्न आनाकानी गरेको भन्दै पार्टीभित्रै चर्को आलोचना खेपिरहेको एमाले मोरङको जिल्ला नेतृत्वले अन्ततः ११ औं जिल्ला अधिवेशनको मिति टुंगो लगाएको छ ।
सोमबार विराटनगरमा बसेको एमाले जिल्ला कमिटी मोरङको तेस्रो पूर्ण बैठकले आगामी फागुन १७ देखि १९ गतेसम्म भव्य रूपमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले जिल्ला अधिवेशनको मिति प्रस्ताव गरेका थिए । अध्यक्ष कार्कीले प्रस्ताव गरेको जिल्ला अधिवेशनको मितिलाई बैठकले अनुमोदन गरेको जनाइएको छ ।
अधिवेशनका लागि पार्टी सदस्यता टुंगो लगाउने लगायतका काम अघि बढिसकेको बैठकमा जनाइएको थियो ।
उक्त बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्यहरू रामलाल साह, युवराज बा“स्कोटा, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरूले अधिवेशनमार्फत पार्टीको अभियानलाई अझ बलियो गरी अघि बढाउने बताएका थिए ।
View : 512
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved