Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगर–११ को स्वास्थ्य शिविरमा ३९९ लाभान्वित

उद्‌घोष संवाददाता
१ कार्तिक २०८२, शनिवार

विराटनगर । नोबेल कलेज शिक्षण अस्पताल र नेपाली कांग्रेस विराटनगर–११ को संयुक्त आयोजनामा विराटनगर–११ को पञ्चमुखीचोकमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट कुल तीन सय ९९ जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् ।

नेपाली कांग्रेस वडा सभापति रामसुन्दर राजवंशीको नेतृत्वमा आयोजित सो  शिविर नोबेल मेडिकल कलेजका प्राडा सीता घिमिरेको समन्वयमा  गरिएको थियो ।  शिविर प्रमुखको रूपमा नवीन दहालले जिम्मेवारी सम्हालेका थिए ।

शिविरमा स्थानीयहरूलाई विशेषज्ञ डाक्टरहरूद्वारा विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो । प्रमुख रुपमा जेनेरल मेडिसिन सेवा,  बालरोग, स्त्रीरोग, दन्तरोग, छालारोग,  नाक, कान, घाँटी (ईएनटी),  हाडजोर्नीको सेवा  प्रदान गरिएको थियो । 

शिविरमा सहभागी बिरामीहरूका लागि अन्य महत्त्वपूर्ण जाँच तथा सुविधासमेत निःशुल्क उपलब्ध गराइएको आयोजक नेपाली कांग्रेस विराटनगर–११ का वडा सभापति राजवंशीले बताए । यसरी जाँचहरुमा ईसीजी (मुटुको जाँच), रेडियोलोजी सेवा,  प्रयोगशाला सेवासमेत दिइएको थियो ।

नेपाली कांग्रेस विराटनगर–११ ले स्वास्थ्य सेवामा स्थानीयको पहुंच बढाउने उद्देश्यले नोवेल मेडिकल कलेजसँगको सहकार्यमा शुक्रबार सो  स्वास्थ्य शिविर आयोजना गरेको जनाएको छ ।

View : 387

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved