Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरको बेलकाबाट सशस्त्र प्रहरीद्वारा २ सय ८० किलो गाँजा बरामद

उद्‌घोष संवाददाता
२० जेठ २०८१, आइतवार

विराटनगर । सशस्त्र प्रहरीले दुई सय ८० किलो गाँजा बरामद गरेको छ । उदयपुरको बेलका नगरपालिका–८ सिसौलिघाटबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

सुरक्षा वेश रामपुरले विशेष सूचनाको आधारमा सिसौलीघाटको जङ्गलमा ६ वटा बोरामा लुकाइराखेको गाँजा बरामद गरेको हो । 

गाँजासहित दुई थान ट्युब र एक थान सानो ठेला गाडा समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा र अन्य सामानहरू नियन्त्रणमा लिएपनि संलग्न कोही पनि पक्राउ नपरेको जनाइएको छ ।

View : 386

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved