विराटनगर । पाँचथर सदरमुकाम फिदिमदेखि याङनाम–प्राङवुङ–फालौट सडक खण्ड अन्तरगत फिदिम–१ र ११ को जोड्ने फेमेखोलामा कोशी प्रदेश सरकारले निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएको छ ।
आइतबारदेखि पुलबाट यातायात साधन सञ्चालनमा आएको जनाइएको छ । यहाँ २०८१ असोज १२ को बाढीले पक्की पुल बगाएपछि हरेक बर्ष डाइभर्सन बनाएर सवारी साधन संचालन गरिदै आएको थियो ।
कोशी प्रदेश सरकारको एक करोड ३९ लाख रुपैयाँ लगानीमा ४८ दशमलव ८ मिटर लामो बेलिब्रिज निर्माण गरी साधन साधन सञ्चालन गरिएको जनाइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेमे खोलामा नयाँ पक्की पुल निर्माणको प्रक्रिया पनि आरम्भ भएको बताए ।
उनले यसअघि निर्माण भएको पक्की पुल बगाएपछि वर्षायाममा यातायात सञ्चालन हुन नसकेको तर हाल प्रदेश सरकारको लगानीमा बेलिब्रिज निर्माण गरी सडक यातायात सञ्चालन गरिएको बताएका हुन् ।
पुल नहुँदा बाढीले पटक–पटक डाइभर्सन बगाउँदा आवागमन प्रभावित हुँदै आएकोमा बेलिब्रिज निर्माणले सहज भएको हो ।
कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय पाँचथरले ठेकेदार कम्पनी एसएस सुनगाभा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो ।
View : 119
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved