Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कृत हुने

उद्‌घोष संवाददाता
२३ असार २०८१, आइतवार

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १३ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते मनाइने स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो ।

पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनौट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए । 

अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान विराटनगरका अग्रज पत्रकार एवं उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ । 

त्यसैगरी ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनकी सम्वाददाता सुशीला पाठक, २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका सम्वाददाता नवीन कर्णलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ । 

१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार झुना भट्टराई (जुनु) लाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुने पनि जनाइएको छ ।

View : 437

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved