सुन्दरहरैंचा । नेपाल युवा रेडक्रस सर्कल पञ्चायत मावि सुन्दरहरैंचाको आयोजनामा विपदमा युवा रेडक्रस सर्कलको भूमिका विषयक नगरस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा जनता मावि पचामकी निकिता खवास पहिलो स्थान प्राप्त गर्न सफल भइन् ।
त्यस्तै शिक्षा निकेतन मावि सलकपुरकी विपस्वी पोखरेल दोस्रो, साजिलाल मावि सुन्दरपुरकी समृद्धि लुइटेल तेस्रो र पञ्चायत मावि गोठगाउ“की जानुका आले मगरले सान्त्वना स्थान प्राप्त गरे ।
View : 242
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved