झापा । झापाका बासु दुलालले नेतृत्व गरेको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । माओवादीबाट विद्रोह गरी अलग्गै मोर्चा बनाएका दुलालले शनिबार औपचारिक रुपमा आफू एकीकृत समाजवादीमा विलीन भएको घोषणा गरेका हुन् ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा दुलाललाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वागत गरे । सो अवसरमा नेता खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्य दलबाट ४० जना गरी १ सय १० जना आफ्नो पार्टीमा प्रवेश गरेको नेकपा एकीकृत समाजवादी झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।
पार्टी प्रवेश कायक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले प्रचण्ड नेतृत्वको सरकार बनेको एक वर्ष बितिसक्दा पनि जनतालाई प्रत्याभूति दिने कुनै काम गर्न नसकेको आरोप लगाए । ऊनले क्रान्तिको नारा लगाएर नथाक्ने नेताले नेतृत्व गरेको सरकारको नीति तथा कार्यत्रममा दलाल पुँजीपतिलाई पोस्ने खालका कार्यक्रमबाहेक केही नभएको आरोप लगाए ।
View : 206
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved