विराटनगर । विराटनगरको कलेज रोडस्थित ग्यालेक्सी होटल स्कुल प्लस टु कान्तिपुरमा यस वर्ष होटल म्यानेजमेन्ट विषयमा अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको छ । कार्यक्रममा कक्षा ११ होटल म्यानेजमेन्ट विषयका तथा बेलायतबाट मान्यता प्राप्त हायर डिप्लोमा इन होटल म्यानेजमेन्ट एचडिएचएमका झण्डै १६७ नवप्रवेशी विद्यार्थीहरू सहभागी भएका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले विश्व समुदायको माग बमोजिमको शिक्षा प्रदान गर्न राज्यले समेत भूमिका खेल्नुपर्ने बताए ।
विराटनगर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख कृष्ण भट्टराईले होटल म्यानेजमेन्ट जस्तो प्राविधिक विषयमा अब्बल विद्यार्थी उत्पादन गर्न यस्ता विद्यालयले महत्वपूर्ण भूमिका खेलेको तथा महानगरले यस्ता कार्यक्रममा यथाशक्य सहयोग गर्ने बताए ।
विद्यालयका सिनियर सेफ तथा सञ्चालक कुमार दाहालले विद्यालयको तर्फबाट प्रयोगात्मक सीप र ज्ञान अभिवृद्धिमा अत्यन्तै कुशल, दक्ष तथा अनुभवी शिक्षक शिक्षिका मार्फत पठनपाठन गराइने जानकारी दिए । ग्यालेक्सी होटल स्कुल प्रालिका अध्यक्ष धीजनबाबु काˆलेले विद्यार्थीहरूको प्राज्ञिक विकासको लागि भौतिक संरचनाको पनि महत्वपूर्ण भूमिका हुने भएकोले नै दक्ष र ख्याति प्राप्त प्रशिक्षकहरूको प्रशिक्षण र तालिमसंगै यसै वर्षदेखि सुविधा सम्पन्न कक्षाकोठामा कक्षा सञ्चालन गर्ने जानकारी दिए ।
View : 120
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved