Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विश्वविद्यालयका उपकुलपति छनोटका लागि समिति गठन

उद्‌घोष संवाददाता
२४ वैशाख २०८३, बिहिवार

विराटनगर । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिका लागि आवश्यक सिफारिस प्रक्रिया अघि बढाउन तीन सदस्यीय समिति गठन गरिएको छ । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्णयअनुसार शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा शिक्षा सचिव तथा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र हेर्ने सदस्य समावेश छन् । 

सरकारले विश्वविद्यालयका पदाधिकारीहरू खुला प्रतिस्पर्धामार्फत चयन गर्ने नीति अघि सारेको छ । 

यसअन्तर्गत योग्य उम्मेदवार छनोट गर्न थप प्राविधिक मूल्यांकनका लागि विज्ञ समूह गठन गर्ने तयारी समेत गरिएको छ । 

उक्त विज्ञ समूहले योग्य उम्मेदवारहरूको सूची तयार गरी सिफारिस समितिसमक्ष पेश गर्नेछ । 

त्यसपछि मेरिटका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यसैबीच, नयाँ नियुक्ति प्रक्रिया पूरा नहुँदासम्मका लागि सम्बन्धित विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने तयारी पनि सरकारले गरेको छ ।  

सरकारले हालै जारी गरेको अध्यादेशले यसअघि नियुक्त विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारी स्वतः पदमुक्त भएपछि नयाँ पदाधिकारी नियुक्तिको तयारी थालेको हो ।

View : 65

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved