Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

२१ औं वार्षिकोत्सवमा सम्मान र पुरस्कार

उद्‌घोष संवाददाता
३ भदौ २०८२, मङ्गलवार

विराटनगर । उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमा विभिन्न ६ वटा सम्मान र पुरस्कारबाट ६ जना सम्मानित तथा पुरस्कृत भएका छन् । 

उनीहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्मानित तथा पुरस्कृत गरेका थिए । 

उद्घोष दैनिकले यसवर्ष उत्कृष्ट विज्ञापनदाताका रूपमा उद्योगी महेश जाजूलाई सम्मानित गरेको छ । 

एशियन थाई फूड्स प्रालिका प्रबन्ध निर्देशक जाजूले उद्घोष स्थापनादेखि नै लगातार विज्ञापन उपलब्ध गराएर पत्रिकाको श्रीवृद्धिमा उल्लेख्य योगदान गरेको सम्मानपत्रमा उल्लेख छ । 

त्यस्तै नेपाली, हिन्दी, भोजपुरी, माडवारी भाषामा गीत तथा भजन लेखनमार्फत् सिर्जनात्मक क्षेत्रमा योगदान गरिरहेकी अनिता सोनी उद्घोष नारी सम्मानबाट पनि सम्मानित भएकी छिन् । उनी भारतको प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड विजेता लेखक हुन् ।

त्यसैगरी उद्घोष दैनिकको मुद्रण गरिरहेको हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेसन्स प्रालि पनि सम्मानित भएको छ । 

प्रालिका अध्यक्ष कृष्ण अधिकारी र प्रबन्ध निर्देशक लव घिमिरेले सम्मानपत्र ग्रहण गरेका थिए । 

वार्षिकोत्सवको अवसरमा उद्घोष दैनिकका तीन जना सहकर्मीहरू पनि पुरस्कृत भएका छन् । 

समाचार डेस्कका सहकर्मी बाबुराम भण्डारी र डिजाइनर श्रीकृष्ण चौधरी उत्कृष्ट उद्घोषकर्मीका रूपमा २१ हजार नगद राशीसहित पुरस्कृत भएका हुन् । त्यसैगरी उत्कृष्ट संवाददाताका रूपमा मणिराम दाहाल ११ हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

View : 597

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved