विराटनगर । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन मोरङ बार एकाइको कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
१९ औं कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायी संघ निकट हरिशंकर मण्डल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला समितिको उपाध्यक्षमा नवराज दाहाल, सचिवमा खड्ग बहादुर निरौला, सहसचिवमा धन थापा कार्की र कोषाध्यक्षमा बेनुप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए ।
जिल्ला समितिको सदस्यमा पूर्ण गौतम, भरत कटुवाल, हरिकुमार पोखरेल, बिमला भट्टराई वस्ती, श्रुति अर्याल, विशाल दाहाल, हरिराज पौडेल, विनोद यादव, सुरजकुमार गच्छदार सिमन्स थापा, अरमान कटुवाल, कमला भट्टराई र राजनारायण चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् ।
मोरङ बार एकाइले १५ जना केन्द्रीय पार्षद पनि निर्विरोध निर्वाचित गरेको छ । नेपाल बार एसोसिएसन केन्द्रीय समिति अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको उपस्थितिमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
View : 175
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved