Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आयल निगममा मोरङ प्रशासनको छापा

उद्‌घोष संवाददाता
२० साउन २०८३, बुधवार

फाइल तस्वीर ।

Advertisement

विराटनगर । नेपाल आयल निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयमा प्रशासनले छापा मारेको छ । मंगलबार अपरान्ह प्रहरीसहित पुगेको जिल्ला प्रशासन कार्यालयको टोलीले निगमको मौज्दात जाँच गरेर फर्किएको छ ।

ग्यासमा भएको कृत्रिम अभावमा निगमबाटै कैफियत भएको गुनासो आएपछि प्रशासनले जाँच गरेको हो । खाना पकाउने ग्यासमा भएको अभावमा निगम वा ब्यवसायीको संलग्नता पत्ता लगाउन मौज्दात जाँच गरेर प्रशासनले पहल गरेको बताइएको छ ।

प्रहरी सुरक्षासहित गएको टोलीले निगमबाट बाहिरिने ग्यासका साथै पेट्रोलियम पदार्थको पनि जाँच गरेको छ । सो क्रममा पेट्रोलियम बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएर नाम गरिएको छ ।

नेपाल पेट्रोलियम ढुुवानी संघ कोशी प्रदेशका महासचिव रुद्र कार्कीले एउटा ट्याङ्करमा १२ हजार लिटर पेट्रोलियम भए नभएको जाँच गरेर छाडिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आपूm ब्यस्त भएको बताउंँदै कुरा गर्न भ्याएनन् ।

मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले भनें प्रशासनको टोलीलाई सुरक्षा दिन आयल निगममा प्रहरी गएको बताए । उनले खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभाव बारे बुझ्न प्रशासनको टोली निगममा गएको जानकारी दिए ।

नेपाल आयल निगम विराटनगरका प्रमुख पुस्कर कार्कीले जिल्ला प्रशासन कार्यालय र नापतौल कार्यालयबाट संयुक्त रुपमा अनुगमन गरेको स्वीकार गरे ।

खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभावका विषयमा अनुगमन टोलीले कोशी, मारुती, प्रिमा, शुभम् र रिजालको गरी पाँच वटा उद्योगलाई ग्याँस उपलब्ध गराउँदै आएको उनले बताए ।

निगमले उपलब्ध गराएको ग्यास अनुसार विक्री भैरहेको वा उद्योगहरुले मौज्दात राखेको भन्ने बारे उद्योगहरुमा नै गएर प्रशासनले जाँचबुझ गर्ने स्रोतले बताएको छ ।

View : 333

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved