रंगेली । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार रंगेली अस्पतालको निरीक्षण गरेका छन् ।
उनले अस्पतालको बहिरंग, आकस्मिक र प्रसूति विभागको निरीक्षण गर्नुका साथै अस्पतालको सेवाबारे बिरामीहरुसँग कुराकानी गरेका थिए । नगरपालिकाले अस्पताल ब्यवस्थापन राम्रो गरेको र चिकित्सकको दरबन्दी उपलब्धसमेत गराउने प्रतिवद्धता जनाएका छन् ।
निरीक्षणपछि मन्त्री बस्नेतले सरकारले तलब स्केलभन्दा बढि सेवा सुबिधा दिने भने पनि चिकित्सकहरु नपाइने समस्या रहेको बताए ।
१४ वर्षदेखि सरकारले चिकित्सकको दरबन्दी नबढाएको र अहिले नेपालमा स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारी आवश्यक भएपनि ३१ हजार मात्रै रहेको उनले जानकारी दिए ।
View : 146
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved