विराटनगर
विराटनगर जेसिजको अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन् । आन्तरिक निर्वाचन प्रक्रियाबाट दाहाल विराटनगर जेसिजको ५२ औ अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, तालिम निर्देशकमा सुभाष भण्डारी, कार्यकारिणी उपाध्यक्षद्वयमा शिवशंकर मण्डल र अभिषेक भट्टराई छन् । चार उपाध्यक्षमा अनुज दाहाल, मनोज तिवारी, शिवराज पोखरेल र रिजन सिग्देल र जनसम्पर्क अधिकारीमा अभिषेक गौतम छन् । दाहाल विराटनगरस्थित दिब्य कृष्टल प्रि–प्रेसका सञ्चालक हुन् ।
जेसिजमा बीस वर्षको अनुभव सङ्गालिसेका दाहालले आफ्नो एकवर्से अध्यक्षको कार्यकालमा नेतृत्व र व्यक्तित्व विकासका लागि वर्षभरी नै गतिविधि सञ्चालन, युवालाई उद्यमसँग जोड्ने कार्यक्रमहरु गरिने, स्थानीय तह र औद्योगिक घरानासँग मिलेर सीपमुलक तालिमहरु सञ्चालन गर्ने उद्घोष गरेका छन् ।
निर्वाचन आयुक्त अभिनास थापाको संयोजकत्वमा भएको अधिवेशनले नयाँ नेतृत्वका लागि निर्वाचन गराएको थियो । त्यस्तै विराटनगर जेसिजका बर्तमान अध्यक्ष तुलसी निरौलाले चाडै नै पदस्थापना कार्यक्रम सञ्चालन गरी पद हस्तान्तरण गरिने जानकारी दिए । जेसिजमा एक व्यक्ति एक कार्यकाल र एक पद रहने र हरेक वर्ष निर्वाचन प्रक्रियाबाट नयाँ समिति गठन हुने गरेको छ ।
जेसिसको अन्तराष्ट्रियको मुख्य कार्यालय अमेरिकास्थित मिसौरी राज्यको चेस्टरफिल्डमा छ । १८ देखि ४० वर्षसम्मका व्यक्तिहरु सदस्य हुने जेसिजका विश्वभर एक सय २७ देशमा स्थानीय समितिहरु छन् ।
अमेरिकामा मुख्य कार्यालय रहेका रोटरी, लायन्स, टोस्टमास्टर र जेसिजका समितिहरु नेपालका विभिन्न शहरका साथै विराटनगरमा बढी सक्रिय छन् ।
View : 35
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved