Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

क्षयरोगका बिरामीलाई पोषण सामग्री वितरण

उद्घोष सम्वाददाता
२४ माघ २०८०, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले क्षयरोग (टीबी)का बिरामीलाई पोषण सामग्री वितरण गरेको छ । महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पोषण सामग्री वितरण गरे ।

विराटनगर महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत क्षयरोगीका बिरामीहरुलाई महानगरले पोषण सामग्री वितरण गरेको हो । पोषण सामग्रीमा २५ किलोको एक बोरा चामल, तेल, दाल, सर्वोत्तम पिठो, चना, स्वायबिन, अण्डालगायतका सामग्री वितरण गरेको छ ।

महानगरअन्तर्गतका विभिन्न स्वास्थ्य चौकी र केन्द्रमा ११ जना क्षयरोगीले नियमित उपचार गराइरहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिलीप यादवले जानकारी दिए ।

बीएनएमटी नेपालसँगको सहकार्यमा महानगरले क्षयरोगका बिरामीलाई ६ महिनासम्म पोषण सामग्री उपलब्ध गराउनेछ । उनीहरुको पोषणको अवस्थाबारे नियमित परीक्षणसमेत गरिनेछ ।

View : 200

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved