विराटनगर । सुनसरीको दुहवी-१ मा उद्योग रहेको एबीसी आयल इण्डस्ट्रिज प्रालिले विराटनगरमा जारी व्यापार मेलामा खाने तेलमा भारी मात्रामा छुट दिएको छ ।
एबीसीले आफ्नै अर्को कम्पनी सुपर टाटा केमकिल एण्ड सोप इण्डस्ट्रिज प्रालि समेतको उत्पादनलाई एकै ठाउँमा राखी दुवै कम्पनीको उत्पादनको बिक्री वितरण तथा बजार प्रवर्द्धन गरिरहेको छ ।
एबीसी ओइल इण्डस्ट्रिज प्रालिले भटमास, सूर्यमुखी र पामोलिन तेल उत्पादन र बिक्री गर्दै आएको छ ।
एबीसी गोल्ड नामको ब्राण्डबाट बिक्री हुने तेल ग्राहकले अत्यन्त रुचाएको कम्पनीका कर्मचारी दीपक कोइराला बताउँछन् । एक पटक एबीसी ब्राण्डको तेल खरिद गर्ने ग्राहक फर्केर आएर थप किनेर लगेको पाएका छौं,’ व्यापार मेलाको स्टलमा भेटिएका कोइरालाले भने ।
मेलामा आउने ग्राहकलाई सहुलियत होस् भनेर प्रति लिटर २० रुपैयाँ कम मूल्यमा तेल बिक्री गरिरहेको उनले बताए । व्यापार मेलामा बिक्री सन्तोषजनक नै भएको कोइराला बताउँछन् ।
यस्तै सुपर टाटा केमकिल एण्ड सोप इण्डस्ट्रिज प्रालिको डन ब्राण्डका विभिन्न प्रकारका साबुन पनि व्यापार मेलाको स्टलमा राखिएको छ ।
उक्त कम्पनीले नुहाउने, लुगाधुने तथा भाडा माझ्ने साबुन उत्पादन गर्दछ । त्यस्तै साधारण अवस्थामा वा वासिङ मेसिनमा प्रयोग हुने डिजरडेन्ट पाउडर पनि उत्पादन गर्दै आएको छ ।
कम्पनीले मेलामा आउने ग्राहकलाई लक्षित गरी सात सय मूल्य बराबरका डिटरजेन्ट पाउडर, भाँडा माझ्ने साबुन लगायतलाई कम्बो प्याक गरी पाँच सय रुपैयाँमा नै बिक्री गरिरहेको छ । साथमा दुई सय रुपैयाँ मूल्य पर्ने बाल्टी पनि सित्तैमा दिइरहेको छ ।
View : 139
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved