विराटनगर । बुद्ध पूर्णिमाको अवसर पारेर किड्स भिलेज विद्यालय विराटनगरले विद्यार्थीका लागि बिहीबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराट नर्सिङ होमको प्राविधिक सहयोगमा विद्यालयमा भएको शिविरमा वरिष्ठ बाल तथा आँखा रोग विशेषज्ञहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।
गर्मी बढेसँगै धेरै विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि आयोजना गरिएको स्वास्थ्य शिविरमा अभिभावकको उपस्थितिमा दुई सय ३५ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रवन्ध निर्देशक पङ्कज जैनले जानकारी दिए ।
View : 446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved