विराटनगर । विराटनगर–१६ स्थित लाभान्वित बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाले प्रमोदकुमार साहको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक हरिबहादुर खत्रीले दिएको जानकारी अनुसार सहकारीको साधारण सभाले सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।
हालका अध्यक्ष प्रमोदकुमार साहकै नेतृत्वमा गठित नयाँ सञ्चालक समितिको उपाध्यक्षमा उज्जवलकुमार यादव चयन भएका छन् ।
सञ्जय पण्डित सचिव र गोविन्द साह कोषाध्यक्ष चयन गरेको साधारणसभाले सञ्चालक सदस्यहरूमा जफर इकवाल, सुजनकुमारी शर्मा र सञ्जिवकुमार कायस्थलाई चयन गरेको छ । लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा सञ्जिवकुमार साह र सदस्यहरूमा विनोदकुमार साह र सन्तोष शर्मा चयन भएका छन् ।
आइतबार आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका थिए ।
विराटनगर–१६ बुद्धचोकमा प्रधान कार्यालय रहेको लाभान्वित सहकारीले विराटनगरका १२ देखि १८ नम्बरसम्मका वडा, जहदाका दुई वटा र सुनसरी बर्जुको एक वडालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएको छ । यो सहकारीमा २ हजार ८ सय ६६ जना शेयर सदस्य छन् ।
View : 444
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved