विराटनगर । राष्ट्रिय विभूति संखधर साख्व प्रतिष्ठान नेपाल, विराटनगर –५ को आयोजनामा नेपाल सम्वत ११४५ को अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सुरेश श्रेष्ठ, नेपाल भाषा तथा संस्कृति विज्ञ गणेश बज्रचार्य, झिःपुच विराटनगरका अध्यक्ष भविशकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ लगायतले नेपालको मौलिक सम्वत् नेपाल सम्वत भएको बताए ।
नेपाली संस्कार, संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको बताउँदै नेपाल सम्वत् ११४५ नयाँ वर्षको शुभकामना (न्हु दँ ११४५ या भिन्तुना) दिएका थिए । यसका साथै सो प्रतिष्ठानको साधारणसभा समेत सम्पन्न भएको छ ।
View : 90
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved