दुहवी । दुहबी नगरपालिका–७ अन्तरगत ग्रामीण क्षेत्रका अगुवा महिलाहरुलाई कानुनी सचेतना सम्बन्धी तीन दिनेदिने तालिम बुधबार सम्पन्न भएको छ । आवाज नेपाल दुहबी सुनसरीको आयोजनामा रामगञ्जमा सञ्चालित कानुनी सचेतना तथा मुलुकी देवानी संहिता सम्बन्धी तालिम सम्पन्न भएको हो ।
सो तालिममा परिवार समुदायमा देखा परको कानुनी अडचन तथा भोगेका समस्याहरुसँग सम्बन्धित मुद्दाहरु अंशबण्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको अरोपमा गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारीक सम्बन्ध, जग्गा खिचलो, गाली बेइज्जती तथा स्थानीय पालिकामा रहेका न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयहरुलाई समेटिएको थियो । सो तालिमको सहजीकरण पवित्रा चौधरी र सुकदेब चौधरीले गरेका थिए ।
सो तालिमको समापन कार्यक्रमका दुहबी नगरपालिकाका उपमेयर मेनुका पोखरेल खतिवडाले ग्रामीण क्षेत्रमा धेरै महिलाहरु विभिन्न किसिमका हिंसाहरुबाट पीडित भए पनि न्याय पाउन नसकिरहेको अवस्था रहेको बताइन् ।
सो अवसरमा लधुराम माझी, तुलाराम खाँ, पनुलाल चौधरी, कोशिला चौधरीलगायतका वक्ताहरुले कानुनी सचेतना तालिम ग्रामीण क्षेत्रमा बढी गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा ग्रामिण क्षेत्रका अगुवा ३० जना महिलाहरुको उपस्थिति थियो ।
View : 373
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved