विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।
कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
शुक्रबार प्रदेश सभाको अधिवेशनको २१ औं बैठकमा सभामुख अम्बर बहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएका छन् ।
शुक्रबार रातको १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको जनाइएको छ ।
अधिवेशन अन्त्य हुने भएपछि कोशी प्रदेश सभाका दलहरूको तर्फबाट बोल्ने लगायतका विषय कार्यसूचीमा उल्लेख गरिएका छन् ।
View : 242
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved