विराटनगर । सामाजिक रुपान्तरण हाम्रो गन्तब्य भन्ने मूल नाराका साथ महिला पुनस्थाफना केन्द्र ओरेकले सोमबार आफ्नो ३३औं बार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित एक अन्तरक्रिया कार्यत्रममा बोल्दै मोरडका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले हिंसा प्रभावित महिलाहरुको लागि ओरेक नेपालले गरेको कामको प्रशंसा गर्दै हिंसा प्रभावित महिलाहरुको समस्या समाधान गर्न प्रशासन सदैव तयार रहेको बताए ।
कार्यक्रममा महेन्द्र मोरड आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख चन्द्र तिम्सिनाले महिला हिंसाको बारेमा सबैमा चेतना भएपनि मनको चेतना आवश्यक भएको बताए ।
महिला अधिकारकर्मी मञ्जिता उपाध्यायले सबैको सहयोग र एकबद्धताका कारण ओरेकले समुदाय तहमा ३३ बर्षदेखि निरन्तर आफ्ना अभियानहरु सञ्चालन गरी समुदायस्तरमा सामाजिक न्याय र समानताका सवालहरुलाई स्थापित गर्न सफल भएको बताइन् ।
कार्यक्रमा गैरसरकारी संस्था मोरङकी अध्यक्ष तथा एबीसी नेपालकी प्रदेश प्रमुख बिष्णु पन्त, इन्सेकका सोमराज थापा, लगायतका वक्ताहरुले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
उनीहरुले अगामी दिनमा ओरेकले हिंसापीडित महिलाहरुको पुनर्स्थापनाका लागि कस्ता कार्यक्रमहरु ल्याउँदा उपयुक्त होला भन्ने बिषयमा सुझाव समेत दिएका थिए ।
कार्यक्रममा ओरेककी प्रतिनिधि सरस्वती दनुवारले ओरेक नेपालले गरेका कार्य र भाबि योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
View : 518
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved