विराटनगर । विराटनगर–१० मा रहेको न्यूरो हस्पिटलले कासाडेई मन्टेस्वरी चिल्ड्रेन हाउसका विद्यार्थीको शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ ।
पाञ्चाली मोडमा रहेको सो मन्टेस्वरीका ८० जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको हो ।
वरिष्ठ वालरोग विशेषज्ञ डा. सुरेशप्रसाद शाहलगायत दुई बालरोग विशेषज्ञ, दुई नर्स एवं अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको स्वास्थ्य शिविरमा परीक्षण गराएकाहरूमध्ये केहीमा भने सामान्य रुघाखोकी देखा परेको मन्टेस्वरीकी प्रिन्सिपल पवित्रा तामाङले जानकारी दिइन् ।
त्यसैगरी स्त्रीरोग विशेषज्ञ वरिष्ठ परामर्शदाता डा. निशा अधिकारीबाट सो मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका आमालाई गाइनो सम्बन्धी रोगको सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको प्रिन्सिपल तामाङले जानकारी दिइन् ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved