विराटनगर । मैथिली भाषा–संस्कृतिको विकास र प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएको अग्रणी संस्था मैथिली विकास अभियानको अध्यक्षमा पत्रकार नवीन कर्ण चयन भएका छन् ।
विराटनगरमा सम्पन्न भएको सो संस्थाको साधारणसभाबाट सर्वसम्मत अध्यक्ष भएका कर्ण मैथिली विकास अभियानको परिकल्पनाकार र संस्थापक मध्येका एक हुन् ।
यसअघि २०६२ सालमा समेत उनले संस्थाको नेतृत्व संहालेका थिए । लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका कर्ण हाल विराटनगरस्थित मकालु टेलिभिजन, उद्घोष दैनिक र मैथिली अनलाइन न्यूज पोर्टलमा आबद्ध छन् ।
साधारणसभाले कर्णको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसचिवद्वयमा पुष्पलता कर्ण र मनिष कर्ण एवम् सदस्यहरूमा आयुष कर्ण, विकास कर्ण, विनिता मल्लिक, अजय कर्ण ‘शुभम’ र राहुल बर्मा छन् ।
नयाँ समिति गठनका लागि अधिवक्ता सुनिल कर्णको संयोजक र सदस्यद्वय अशोक कर्ण र रंजित कर्ण गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ समितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत भएको संयोजक संयोजक सुनिल कर्णले जानकारी दिए ।
सो अवसरमा निर्वतमान अध्यक्ष पङ्कज बर्माले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरे ।
मैथिली भाषा–संस्कृति उत्थानको उद्देश्यसहित मैथिली विकास अभियान ५० को दशकमैं सामाजिक रुपमा स्थापना भए पनि विसं २०६१ साल माघ १८ गते विधिवत दर्ता भएको थियो ।
संस्थाले स्थापनाकालदेखि भाषा–संस्कृति प्रवद्र्धनात्मक साथै साहित्यिक सहितका विविध कार्यक्रमहरु गर्दै आएको छ ।
View : 301
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved