Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

उद्‌घोष संवाददाता
६ फागुन २०८०, आइतवार

Advertisement

विराटनगर । बगाले थापा कल्याणकारी परिषद् मोरङको १५औं वार्षिकोत्सवको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

शनिवार विराटनगर–१ स्थित राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा मोरङ जिल्लाका १० वटा विद्यालयका १२ जना विद्यार्थीहरूलाई नगद र प्रमाण–पत्र सहित छात्रवृत्ति वितरण गरिएको हो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा बुद्ध माध्यमिक विद्यालय, पथरीशनिश्चरे कक्षा १२ की छात्रा रुबी मण्डल, अरनिको आवासीय माध्यमिक विद्यालय, विराटनगर कक्षा ११ का छात्र अनमोल पोखरेल, मङ्गल सिंह माध्यमिक विद्यालय, सुनवर्षीका कक्षा १० मा अध्ययनरत छात्र टनिस माझी र कक्षा ७ की छात्रा तुलसा माझी रहेका छन् ।

त्यसैगरी वीरेन्द्र माध्यमिक विद्यालय अमरदहका कक्षा १० का छात्र देवराज थापा, सरस्वती माध्यमिक विद्यालय ग्रामथानमा कक्षा १० मा अध्ययनरत आर्यन माझी, आदर्श माध्यमिक विद्यालय विराटनगरका कक्षा ८ र कक्षा ६ मा अध्ययनरत आदेश थापा र रस्मिता थापा रहेका छन् ।

त्यसैगरी भानु मेमोरियल विद्यालय विराटनगरका कक्षा ९ मा अध्ययनरत छात्र सक्षम कर्ण, आर्दश माध्यमिक विद्यालय सुनवर्षीका कक्षा ९ की छात्रा एलिजा थापा, पब्लिक माध्यमिक विद्यालय ग्रामथानका कक्षा ८ का छविलाल थापा र राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमिक विद्यालयका कक्षा ९ का सुमन तिवारी रहेका छन् ।

यसरी कक्षा ६ र ७ लाई चार हजारका दरले र कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई  पाँच हजारका दरले ५८ हजार बराबरको नगद छाक्रवृत्ति रकम वितरण गरिएको थियो ।

कार्यत्रममा ज्येष्ठ नागरिक टेकबहादुर थापा र देवराज थापालाई बगाले थापा केन्द्रीय उपाध्यक्ष डिकबहादुर थापा र मोरङ शाखाका अध्यक्ष तेजबहादुर थापाले दोसल्ला ओढाइ नगद सहित सम्मान गरेका थिए ।

View : 577

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved