विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले आफ्ना कर्मचारीहरूका लागि ‘निपाह भाइरस र यसको रोकथाम’ सम्बन्धी एक विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ ।
छिमेकी राष्ट्र भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आफना जनशक्तिलाई पूर्वतयारी र सावधानीका लागि जागरूक बनाएको हो ।
अस्पताल परिसरमा आयोजित उक्त कार्यक्रमको सहजीकरण न्यूरो हस्पिटलकी नर्सिङ सुपरभाइजर सृजना सिंहले गरेकी थिइन् ।
कार्यक्रममा अस्पतालको अग्रपंक्तिमा खटिने विभिन्न विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सहजीकरणका क्रममा नर्सिङ सुपरभाइजर सिंहले निपाह भाइरसको परिचय, यसको सर्ने माध्यम, मुख्य लक्षणहरू र अस्पतालमा काम गर्दा अपनाउनु पर्ने विशेष सावधानीका विधिहरू बारे विस्तृत जानकारी गराएकी थिइन् ।
उनले भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइ र सुरक्षा सामग्रीको सही प्रयोगमा विशेष जोड दिइन् ।
अस्पतालको सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रमले कर्मचारीहरूलाई भाइरसको पहिचान र रोकथामका लागि दक्ष बनाउने लक्ष्य राखेको छ ।
View : 80
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved