Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

पुर्ख्यौली पेशालाई अगाल्दै बब्लु र छोटु

उद्घोष सम्वाददाता
२७ फागुन २०८०, आइतवार

रबिन्द्र बराल,
रंगेली ।
 मोरङको कानेपोखरी गाउँपालिका-४ रमाइलोमा बसोबास गर्दै आएका  बब्लु साह र उनका भाइ छोटु साहले विगत २० वर्षदेखि मोरङको पुरानो बजार दोहमनामा चटपटे व्यापार गरिरहेका छन् ।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भए तापनि उनीहरुले भने नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर आफनो पुर्ख्यौली पेशालाई निरन्तरता दिएको बताएका छन् ।

घरको आर्थिक अवस्था नाजुक भएको कारणले गर्दा आफूहरू पढाइबाट बञ्चित भएपछि बुबाले गर्दै आएको पेशालाई नै  निरन्तरता दिएको बब्लुले बताएका छन् ।

११ वर्षको उमेर हुँदा पढाइ छोडेर आफू चटपटे व्यवसायमा लागेको उनले बताएका छन् । चटपटे व्यवसायबाट उनीहरूले अहिले आफ्नो १२ जनाको  परिवार पालनपोषण गर्दै आइएको उनीहरुले बताएका छन् ।

चटपटे व्यवसायबाटै आफूले ३ कठ्ठा जग्गासमेत खरिद गरेर अहिले सोही स्थानमा बसोबाससमेत गरिरहेको छोटुले बताए । उनीहरूले प्रत्येक आइतबार र बिहीबार लाग्ने दोहमाना बजारमा  पनि आफ्नो चटपटे व्यवसाय गर्दै आइरहेका छन् । साताको दुई दिनको  आम्दानी २० हजार रुपैयाँसम्म हुने गरेको बब्लुले बताए ।

View : 209

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved