विराटनगर । एभरेष्ट बोर्डिङ स्कुलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने १७१ जना विद्यार्थी र अभिभावकहरूलाई मंगलबार सम्मान गरेको छ ।
स्कुलका प्राचार्य टीकाराम पुरीले उत्कृष्ट नतिजाका साथ विद्यालयले हरेक वर्ष उत्कृष्ट शैक्षिक गुणस्तर काम गर्न सफल भएको बताए ।
उनले एभरेष्ट स्कुललाई विश्वास गरेर आफ्ना बालबालिकालाई जिम्मेवार र राष्ट्रप्रेमी नागरिक बनाउने अभियानमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला र प्रँचार्य पुरीले एभरेष्ट स्कुलबाट एसईई परीक्षामा ४ जीपीए ल्याएका विद्यार्थीहरू प्रेम खतिवडा र कृति गोयललाई सम्मानपत्र प्रदान गरे ।
प्राचार्य पुरीले स्कुलबाट कुल १७१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा सबैले उत्तीर्ण भएको बताए । जसमध्ये मध्ये १३३ जना विद्यार्थीले ३.६१ माथिको जीपीए प्राप्त गरेको जनाइएको छ ।
View : 359
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved