विराटनगर : पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई छुटाउने आश्वासन दिएर आरोपीका परिवारसँग मोटो रकम असुलेको आरोपमा भोजपुरकी एक महिला र बर्दियाका एक पुरुष काठमाडौंबाट पक्राउ परेका छन् ।
भोजपुर हतुवागढी–५ घर भई काठमाडौंको नागार्जुन–१ रानीवन बस्ने २६ वर्षीया रितु राई र बर्दिया पाताभार–१ घर भई सोही ठाउँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरूले एक ब्यक्तिको मुद्दा मिलाउने भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।
अधिकारीद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार उनीहरूले सुर्खेत विरेन्द्रनगर–५ का रेवन्त खड्काको मुद्दा मिलाई दिने भनेर उनका बाबु अमरबहादुर खड्काबाट पटक–पटक गरी यतिका रकम ठगी गरेका थिए ।
आपराधिक विश्वासघात र संगठित अपराधमा पुर्पक्षका लागि कारागारमा रहेका खड्काको मुद्दा मिलाउने भनेपछि उनका बाबुले बिभिन्न मितिमा रकम दिएका थिए ।
View : 178
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved