Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

४ बजेको झापा अपडेट :

झापामा करीव ६० प्रतिशत मतदान, क्षेत्र नम्बर ५ मा ६१ प्रतिशत

उद्‌घोष संवाददाता
२१ फागुन २०८२, बिहिवार

विराटनगर । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा झण्डै ६० प्रतिशत मत खसिसकेको छ । 

अपरान्ह ४ बजेसम्मको विवरण अनुसार ५९ दशमलव ६७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सवैभन्दा धेरै क्षेत्र नम्बर ५ मा मत खसेको छ । यो क्षेत्रमा ६१.१० प्रतिशत मत खसेको जनाइएको छ ।

क्षेत्र नम्बर १ मा ५८.५८, क्षेत्र नम्बर २ मा ६०.६३, क्षेत्र नम्बर ३ मा ५८.६६ र क्षेत्र नम्बर ४ मा ५८.९६ प्रतिशत मत खसेको हो ।

झापामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा अपरान्ह ४ बजेसम्म ४ लखा २५ हजार ७३७ मत खसेको जनाइएको छ ।

View : 85

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved