Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

यी हुन् पूवि उपकुलपतिका १८ जना दावेदार

उद्‌घोष संवाददाता
१० फागुन २०८०, बिहिवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिने १८ जनाको नामावली विवरण सार्वजनिक गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुलीले आवेदन दिएका छन् ।

यसैगरी देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालले आवेदन दिएका छन् ।

आगामी १८ फागुनमा रिक्त हुने उपकुलपतिका लागि छनोट तथा सिफारिस समितिले २३ माघमा आवेदन माग गरेको थियो ।

View : 742

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved