Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिल्स भेट्रान्स गोल्डकप : उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा

उद्‌घोष संवाददाता
६ फागुन २०८२, बुधवार

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार भएको अन्तिम  क्वाटरफाइनल खेलमा उर्लाबारी भेट्रान्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो । 

युनाइटेडको जितमा जागेश्वर चौधरीले दुई र तेजमान लिम्बूले एक गोल गरे । उर्लाबारीका लागि प्रकाश राईले एक गोल फर्काए ।

निर्णायक दुई गोल गरेका युनाइटेडका जागेश्वर चौधरी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा एभरेष्ट भेट्रान्स क्लब र हाम्रो इटहरी भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

View : 53

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved