विराटनगर । आन्तरिक भागबन्डाको किचलो नटुंग्याएकै कारण कोशी प्रदेशमा हुने कांग्रेसको सत्तारोहणको हलो अड्केको अड्क्यै छ । मन्त्रालय फुटाएर भए पनि कांग्रेस–एमालेलाई भाग पुर्याउने तयारीसमेत चलिरहेको यही बेला डा. शेखर कोइरालाले कोशीमा आफूले भाग नमागेको दाबी गरेका छन् ।
कोइराला नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहका सर्वोच्च नेता हुन् । सभापति शेरबहादुर देउवासाग पार्टीभित्र निरन्तर जुधिरहेका कोइरालाका लागि कोशी प्रदेश राजनीतिक महत्वको क्षेत्र हो । प्रदेश राजधानी विराटनगरमै छ, प्रदेश राजनीतिमा जे हुन्छ त्यसको केन्द्र विराटनगर नै बन्नु स्वाभाविक छ ।
विराटनगर कोइराला परिवारको थातथलो मात्रै होइन, २००७ सालअघिदेखि नै उनीहरूको राजनीतिक प्रभावथलो पनि हो । त्यो प्रभाव र विरासतलाई निरन्तरता दिने चाहना शेखरमा पनि प्रचुर देखिन्छ ।
अहिले कोशी प्रदेशसभामा शेखर पक्षका नौ जना सांसद छन् । उनकै जोडबलमा केदार कार्की मुख्यमन्त्रीसमेत बनिसकेका छन् । अहिले एमालेसागको सत्ता सहकार्यमा रहेको कांग्रेस कोशी सरकारमा सामेल हुन समय लगाइरहेको छ । र, यो समय लगाइनुका पछि कांग्रेसभित्रैका धेरैले शेखर पक्षका कारण भनिरहेका छन् ।
कांग्रेसले सत्तामा जान गरिरहेको ढिलाइमा शेखर पक्षको भूमिका कति हो ? प्रदेश सरकारबारे संस्थापन इतर समूहको धारणा के हो ? कोशीमा मन्त्रालय फुटाउने तयारी चलिरहेको बारे कांग्रेसको शीर्ष तहको धारणा के हो ? यी र यस्तै विषयमा बिहीबार सााझ उद्घोषले उनीसाग कोइराला निवासमै संक्षिप्त कुराकानी गरेको छ ।
कुराकानीका क्रममा शेखरले कोशीको विषयलाई लिएर सुरुमै असन्तोष प्रकट गरे । ‘कोशीको विषयलाई लिएर अनावश्यक रुपमा मैले भाग मागेको कुरा मिडियामा आइरहेको छ, यो गलत हो’, कोइरालाको दाबी थियो, ‘मैले कोशीमा भाग मागेकै छैन । जो भए पनि कांग्रेसकै साथीहरू हुने हो । भाग नै माग्ने भए अरुतिर पनि माग्थे होला नि !’
कोइरालाले बताएअनुसार पहिले गण्डकी प्रदेश सरकार बारेको समस्या हल गरेर मात्रै कोशीको कुरा गर्ने योजनाकै कारण यहाा सरकारमा जान ढिलाइ भइरहेको हो । उनको दाबी छ ‘पहिले गण्डकीको विवाद मिलाउा अनि कोशीतिरको निर्णय लिने भनेर केही ढिलो भएको हो ।’
अहिले गण्डकी सरकारमा एमाले सहभागी हुन मानिरहेको छैन । खासगरी मुख्यमन्त्री बन्ने बेलामा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई साथ दिएका दीपक मनाङे र फणिन्द्र देवकोटा दुवै जना अहिले गण्डकीमा मन्त्री छन् । मुख्यमन्त्री पाण्डे मन्त्रीद्वय देवकोटा र मनाङेलाई सरकारबाट हटाउने पक्षमा छैनन् । एमाले भने उनीहरू दुई जनालाई मन्त्रिपरिषदमा राखेर सरकारमा जाने पक्षमा छैन ।
‘संकटमा साथ दिएका ती दुई मन्त्रीलाई हटाउन नहुने मत कांग्रेसमा छ, एमाले मानेको छैन’, कोइरालाको दाबी छ ‘कांग्रेस नेतृत्व अलि पेचिलो समस्या भएको गण्डकीमा केन्द्रीत छ । अबको एक साताभित्र गण्डकी र कोशी दुवै प्रदेशको कुरा टुंगिन्छ ।’ अहिले स्थगनमा रहेको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नै दुवै प्रदेश सरकारबारे छिनोफानो हुने उनको भनाइ छ ।
कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय फुटाउने तयारी गरिरहेको सूचना उनले नै यसअघि सार्वजनिक गरेका छन् । कांग्रेस र एमाले दुवैतिर व्यक्तिहरूको व्यवस्थापनका लागि सजिलो माध्यम हुने भएका कारण कोशीमा मन्त्रालय संख्या बढ्ने पक्का जस्तै रहेको नेताहरूले बताउादै आएका छन् । यो मामिलामा डा. कोइराला पनि सकारात्मक देखिए ।
‘कोशीभन्दा सानो भूगोल र प्रदेशसभा भएका प्रदेशहरूमा पनि १२–१३ वटा मन्त्रालय बनाएको देखिन्छ, कोशीमा नौ वटा मात्रै हुनुपर्ने कारण के हो’, उनले घुमाउरो शैलीमा भने ‘सबैतिर धेरै मन्त्रालय हुादा यहााा मात्रै कम किन ?’ शेखर पक्षले कोशीमा कम्तीमा दुई वटा मन्त्रालय मागेको र त्यसैका लागि मन्त्रालय संख्या बढाउन खोजिएको चर्चाबारे पनि उद्घोषले उनलाई सोधेको थियो । तर, जवाफमा शेखरले त्यसलाई अस्वीकार गरे ।
‘भन्दैछु त मैले भाग मागेको कुरा सही होइन’ उनको दाबी थियो ‘त्यसरी भाग माग्ने भए वागमतीमा हाम्रो समूहका साथीहरू परेनन् । मैले त्यहाा पनि भाग माग्थो होला । जो भए पनि कांग्रेस हुन्छ । मैले भाग मागेको कुरामा सत्यता छैन ।’
View : 136
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved