Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सडक बन्द गरी मस्र्याङ्दीमा खसेको बस निकालिँदै

उद्‌घोष संवाददाता
१० भदौ २०८१, सोमवार

Advertisement

तनहुँ, १० भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । 

गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै दुई घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले राससलाई जानकारी दिए । उनले भने, “बस निकाल्ने काम भइरहेको छ, हालसम्म सफल भएका छैनौँ ।

बिहान १० बजेसम्मको समय निर्धारण गरिएकामा बस निकाली नसकिएकाले अझै दुई घण्टा सडक सञ्चालन गर्न सक्ने अवस्था छैन ।”

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  रासस
 

View : 481

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved