विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा निर्मित २ सय शय्याको जीवन विकास सामुदायिक अस्पतालको शनिबार उद्घाटन गरेका छन् ।
२० बिघा क्षेत्रफलभित्र पाँच तले भवनमा अस्पतालका सबैजसो सेवा सुरू भएका थिए । प्रधानमन्त्रीले उद्घाटन गरेर औपचारिक सुरुआत गरेका हुन् ।
प्रधानमन्त्रीले अस्पताल निर्माण भएकोमा खुसी प्रकट गर्दै सबैलाई बधाइसमेत दिएका छन् ।
नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि २०० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गरिएको छ, स्वास्थ्य सेवा प्रवाह मात्र नभएर नयाँ सामाजिक अभियानको थालनीका रूपमा अस्पताल सञ्चालन गरिएको अस्पताल निर्माणको अगुवाइ गरेका सांसद योगेन्द्र मण्डलले बताए ।
उनका अनुसार जीवन विकास समाजको १ अर्ब ६० करोड र माछापुच्छ्रे बैंकबाट ४० करोड ऋण सहितको लगानी जुटाएर २ अर्ब लागतमा अस्पताल तयार भएको हो । भविष्यमा मेडिकल कलेज समेतको सञ्चालनको तयारीका साथ अस्पताल निर्माण गरिएको अध्यक्ष मण्डलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बेड संख्या ३ सय पुर्याएपछि सरकारले मेडिकल कलेज सञ्चालनका लागि सहयोग गर्ने वचन दिएका छन् ।
View : 434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved