Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

बीपीका बरिष्ठ चिकित्सकसहित पाँच जना बर्खास्त, दुईमाथि कारवाही

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८२, शुक्रवार

Advertisement

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ चिकित्सकसहित पाँच जना कर्मचारी बर्खास्तमा परेका छन् । 

अन्य दुई जना कर्मचारीमाथि विभागीय कारवाही भएको छ । उनीहरूले प्रतिष्ठानको नियमविपरीत कार्य गरेको भन्दै बर्खास्ती र कारवाहीको भागिदार बनेका हुन् ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्त हुनेमा प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी, उनकै श्रीमती एवं स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर डा.लक्ष्मी सुवेदी छन् । 

त्यस्तै अनुशासनहीन कार्य गर्ने अन्य कर्मचारीहरू दिलिप परियार, किरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् । 

उनीहरूले आफ्नो जिम्मेवारीमा लापरबाही गरेको, प्रशासनिक नियम उल्लंघन र अनुशासनहीन व्यवहार गरेको जनाइएको छ । 

प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीको भने एक ग्रेड घटाउ“दै विभागीय कारवाही गरिएको रजिष्ट्रार संग्रौलाले बताए । 

कलवार र चौधरीलेसमेत पदीय दुरुपयोग र प्रतिष्ठानको आन्तरिक नीति नियम विपरीत काम गरेको जनाइएको छ ।

रजिस्ट्रार संग्रौलाका अनुसार बर्खास्त भएका पूर्व–रजिस्ट्रार रेग्मीले प्रतिष्ठानमा कार्यरत रहेकै बेलामा दुई बर्ष काज विदामा गएर काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशक बनेका थिए । 

कार्यकाल सकिएर पनि उनी प्रतिष्ठानमा हाजिर नभएपछि बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले बताए ।

उनकी पत्नी डा. लक्ष्मी सुवेदीले अध्ययन बिदा स्वीकृत नगरी नियम विपरीत विदेश गएको पुष्टि भएपछि बर्खास्त गरिएको हो । 

प्रतिष्ठानका अर्का कर्मचारी श्याम लम्सालले पनि एसोसिएट प्रोफेसरबाट प्रोफेसरमा बढुवाको क्रममा नियम उल्लंघन गरेको पाइएको जनाइएको छ । लम्सालले सेवा अवधि नपुगीकनै बढुवाको प्रक्रिया पूरा गरेको पाइएको हो ।

View : 534

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved