विराटनगर । व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा बिहीबार लिइएको कक्षा–११को प्रवेश परीक्षामा १ हजार बढी विद्यार्थी सहभागी भएका छन् ।
विहान र दिवा सत्र गरि ७५० विद्यार्थी पढाउन सक्ने कोटामा १ हजार १७ जना विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका हुन् ।
कलेजका प्राचार्य लक्ष्मण ढकालले प्रवेश परीक्षा दिन प्रदेश १,२, ३ र ५ बाट समेत विद्यार्थीहरु आएको बताए ।
मेरिल्याण्ड अब्बल शैक्षिक संस्था हुनमा वार्षिक क्यालेन्डर अनुसार पठनफाठन हुनु, विद्यार्थीलाई अतिरिक्त त्रियाकलाप गराउनु, विद्यार्थीलाई कडा अनुसासनमा राख्नु वर्षैभरि निशुल्क कोचिङको व्यवस्था हुनु, उत्कृष्ट विभाग र राम्रो करियर डेभलोपमेन्टको मौका जस्ता विशेषताहरु रहेको शिक्षक इश्वर दाहाल बताउँछन् ।
मेरिल्याण्डकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा –१२ को बोर्ड परीक्षामा ३.९६ जीपीए ल्याई नेपाल प्रथम भएकी थिइन् ।
मेरिल्याण्डबाट यसैवर्ष कक्षा–१२ दिएर बसेकी छात्रा कृपा थापाले मेरिल्याण्डको कक्षाको पढ्ने वातावरण पनि अन्य कलेज भन्दा फरक पाएको बताइन् । शिक्षा मन्त्रालयले यस वर्षको उत्कृष्ट मावि पुरस्कार दिने घोषणा गरेको प्राचार्य ढकालले बताए ।
View : 177
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved