Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

मोर्डनएराका विद्यार्थीको ‘बाटो बिराएको बादल’ गुरुकुलमा

उद्‌घोष संवाददाता
१४ फागुन २०८२, बिहिवार

विराटनगरस्थित आरोहण गुरुकुलमा आफैंले तयार गरेको नाटक प्रस्तुत गर्दै मोर्डन एरा स्कुलका विद्यार्थीहरू । तस्वीरः नवीन कर्ण/उद्घोष

Advertisement

विराटनगर । विराटनगरस्थित मोर्डनएरा स्कुलका विद्यार्थीहरूले मञ्चन गरेको ‘बाटो बिराएको बादल’ नामक नाटक आरोहण गुरुकुलमा प्रदर्शन गरिएको छ ।

सो विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको उक्त नाटक बुधबार मञ्चन गरिएको हो । विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा शोहरू सञ्चालन गरिएका छन् । 

रचना सापकोटाले लेखन गरेको सो नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । 

नाटकमा कक्षा ९ का १४ जना विद्यार्थीहरूले अभिनय गरेका छन् । नाटक हेर्न आएका प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूको अभिनय मर्मस्पर्शी र मन छुने रहेको बताए । 

नाटकमा अभिभावकको बेवास्ताका कारण विद्यालय उमेरकी छोरीले भोग्नुपर्ने समस्या र हुनसक्ने दुर्घटनालाई कथाको रूपमा प्रस्तुत गरिएको छ । 

अभिभावकीय जिम्मेवारीको अभाव र प्रशासनको उदासिनताले एउटा निर्दोष छात्राको भविष्य कसरी अन्धकारतर्फ धकेलिन्छ भन्ने विषय नाटकको मुख्य केन्द्रविन्दु रहेको छ ।

प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरूले समसामयिक र गहन विषयवस्तुलाई नाटकमार्फत उठान गरेकोमा प्रशंसा गरे । 

स्कुलको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

View : 343

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved