विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था कार्यालयमा बिचौलियाको रुपमा काम गरेको अभियोगमा मोरङ प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार खार्जीस्थित यातायात व्यवस्था कार्यालयअगाडिबाट उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
बिचौलियाको रुपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ लिई दुःख हैरानी दिने गरेको भन्दै प्रहरीले विराटनगर–३ का ४१ वर्षीय सञ्जीव कोइराला, वर्ष २४ का राजेश खड्का, वर्ष २५ का गौरवकुमार माझी, वर्ष ३७ का राजु कोइराला र वर्ष २९ का अजयकुमार मण्डल पक्राउ परेका हुन् ।
यसैगरी सुनसरी दुहबी–११ का वर्ष २७ का युवराज लम्साल, विराटनगर–५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर–४ का २२ वर्षीय राजीव मण्डल, बर्जु–६ का २७ वर्षीय प्रवीणकुमार थन्दार, कटहरी–१ का ३७ वर्षीय भागवत राजवंशी, बुढिगंगा–२ का बस्ने ५० वर्षका उदय कार्की र बुढिगंगा–१ का बस्ने २१ वर्षीय सुनिल दाहाललाई पक्राउ गरेर अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
View : 468
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved