विराटनगर । औद्योगिक क्षेत्रका साझा हितका विषयमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघबीच सहकार्यलाई थप प्रभावकारी बनाउनेमा जोड दिइएको छ ।
उद्योग संगठन मोरङले मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले साझा हितका लाथि सहकार्य गर्ने प्रपतवद्धता जनाएका हुन् ।
संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । उद्योग संगठन मोरङले नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दुवै संस्थाबीच लामो समयदेखि आत्मीय सम्बन्ध र सहकार्य रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ, सुदृढ र प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।
उनले निजी क्षेत्रले नीतिगत स्थायित्व, औद्योगिक पूर्वाधार, उत्पादन लागत, बजार विस्तारलगायत क्षेत्रमा विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन निजी क्षेत्रका संस्थाबीच थप समन्वय आवश्यक रहेको उल्लेख गरे ।
मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहले उद्योग, व्यापार तथा निजी क्षेत्रका साझा हितका सवालमा संघ र संगठनबीच संस्थागत सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले व्यापार–व्यवसाय तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रका संस्थाबीच एकता र सहकार्य अपरिहार्य रहेको बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रका संस्थाबीचको एकता र सहकार्य वर्तमान अवस्थामा अझ महत्वपूर्ण रहेको बताए ।
उनले उद्योगी–व्यवसायीले भोगिरहेका समस्यालाई नवनिर्वाचित नेतृत्वले थप सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।
त्यस्तै मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष अनुपम राठीले संगठन र संघबीचको आत्मीय सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा यस सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले निजी क्षेत्रको हित तथा समग्र आर्थिक विकासका लागि संस्थागत सीमाभन्दा माथि उठेर साझा मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दुवै संस्थाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।
View : 32
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved