विराटनगर । सप्तकोशी विकास बैकको सञ्चालक समितिको अध्यक्षमा लक्ष्मण सुब्बा चयन भएका छन् ।
शुक्रबार भएको शेयर धनीहरुको भेलाले संस्थापक शेयरधनीबाट सुब्बासहित हेमराज सुवेदी र गणेश बराल साथै सर्वसाधारण शेयरधनीबाट भगिरथ खनाल, लीलबहादुर रोगू र भेषजा काफ्ले गरी छ जना सञ्चालकका रुपमा चयन भएका हुन् । थप एक जना विज्ञको रुपमा स्वतन्क्र सञ्चालक नियुत्त गर्न बाँकी रहेको छ । रिक्त एक सञ्चालकको पनि चाँडै नियुक्त गरिने अध्यक्ष सुब्बाले बताए ।
सात जिल्लाका ३५ शाखामार्फत कारोबार गरिरहेको सप्तकोशी विकास (डेभलमेन्ट) बैंक विराटनगरको चौधौ साधारणसभा गत पुस २९ गते सम्पन्न भएको थियो । सो दिन नयाँ सञ्चालक समिति गठन गर्न ढिलाइ भएको भन्दै माघ ५ गते शुक्रबारका लागि सारिएको थियो ।
१९ हजार शेयर सदस्यमा ४२३ संस्थापक शेयर धनी र बाँकी सार्वजनिक शेयर सदस्य रहेका सप्तकोशी विकास बैंकको पछिल्लो वित्तीय विवरण अनुसार सो बैंकको कुल निक्षेप ५ अर्ब १७ करोड, कुल कर्जा प्रवाह ४ अर्ब ३६ करोड छ ।
View : 196
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved