पाँचथर : बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याँङसम्मको समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गर्न एक दिनअघि एमालेले पाँचथर सदरमुकाम फिदिममा अन्तिम आमसभा आज गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त सभा सुरु भएको एमालेले जनाएको छ ।
आमसभामा सुरु हुनुअघि गाउँगाउँबाट आएको झाँकी र र्यालीमा एमाले अध्यक्ष ओली सहितका शिर्ष नेता तथा कार्यकर्ताहरु सहभागी र्यालीले फिदिम बजार परिक्रमा गरेको छ ।
जन्मघर तेह्रथुमको आठराई इवाबाट बिहान फिदिम पुगेका अध्यक्ष ओलीले पुष्पलाल स्मृति परिषद्को कार्यालय उद्घाटन गरेका थिए । कार्यालय उद्घाटनपछि विभिन्न जातीय भाँकीसहितको र्यालीमा सहभागी हुँदै ओलीले नगर परिक्रमा गरेका हुन् ।
एमाले कोशी प्रदेश कमिटीका प्रचार प्रमुख लक्ष्मण तिवारीका अनुसार सभामा सहभागी हुन गाउँ गाउँबाट र्याली आएको जनाइएको छ । लिम्बु समुदायको बाहुल्यता रहेको पाँचथरमा एमालेको सहभागी हुनेहरुले जातीय पहिरन र पोसाक लगाएको उनले बताए ।
तिवारीका अनुसार एमालेको अन्तिम आम सभा भएकोले पाँचथरसहित ताप्लेजुङ र इलामबाट हजारौं नेता कार्यकर्ताहरु फिदिम पुगेको जनाइएको छ ।
View : 177
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved