Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बालसेवा आश्रमलाई सहयोग

उद्‌घोष सम्वाददाता
२२ साउन २०८१, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल बालसेवा आश्रम विराटनगरलाई  ‘सहयोगी मन’ नामको संस्थाले चामल तथा दाल सहयोग गरेको छ । 

सहयोगी मनका कावा अध्यक्ष शिवकुमार खत्रीसहित तारा भट्टराई, सुधीरकुमार श्रेष्ठ र  उमानाथ अधिकारीको टोलीले  एक क्वीन्टल चामल र १५ केजी दाल बालआश्रमकी अध्यक्ष सीता पोखरेललाई सोमबार प्रदान गरेको हो । 

विसं २०४४  सालमा स्थापना भएको पूर्वाञ्चल बाल सेवा आश्रममा हाल तीन वृद्धवृद्धासहित बालबालिका गरी ७० जना आश्रित छन् । 

समाज कल्याण मन्त्रालयमार्फत पहिले वार्षिक रकम १६ लाख बालसेवा आश्रमले  सहयोग प्राप्त गर्दै आएको र पछि विराटनगर महानगरपालिका भए पछि सोमार्फत नै ८ रकम वार्षिक प्राप्त गर्दै आएको थियो । 

२०७९ सालमा भएको स्थानीय निर्वाचनपछि सो सहयोग रकम पनि महानगरपालिकाबाट आउन छोडेको छ, जसको कारण आश्रम सञ्चालनमा धौधौ भएको छ ।  

सहयोगी मन भएका दाताहरुको सहयोगबाट मात्र संस्था चलिरहेको जानकारी पाएपछि ‘सहयोगी मन’ ले चामल तथा दाल सहयोग गरेको संस्थाका तारानाथ भट्टराईले बताए ।

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved