Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरको निपोन फर्मास्युटिकल्सबाट उत्पादित लिभोसिट्रिजेन सिरपको प्याकिङमा चुहावट

औषधि व्यवस्था विभागद्वारा बिक्रीमा रोक
उद्घोष सम्वाददाता
२ फागुन २०८०, बुधवार

विराटनगर । औषधि व्यवस्था विभागले विराटनगरको निपोन फर्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ ।

विराटनगर–१२ बखरीस्थित निपोन फर्मास्युटिकल्सबाट उत्पादित इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएपछि अर्को आदेश नभएसम्म सो औषधि बिक्री वितरण नगर्न भनेको हो ।

विभागले १५ दिनभित्र चुहावट सम्बन्धि विस्तृत प्रतिवेदन पेश गर्न पनि निर्देशन पनि दिएको छ ।

View : 401

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved